/ सक्षिप्त परिचय

सक्षिप्त परिचय

पृष्ठ अपडेट मिति: October 26, 2021

नेपा सरकारबाट घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारका लागि संस्थागत रुपमा उद्योग प्रशासन सम्बन्धी सेवा प्रदान गर्न वि.सं २०४९ सालमा साना उद्योगको समेत प्रशासन गर्ने गरी “घरेलु तथा साना उद्योग विभाग” नामाकरण गरिए पश्चात् साविकका क्षेत्रीय कार्यालयहरु खारेज गरी जिल्ला स्तरीय कार्यालयमा कायम गरियो । खास गरेर तालिम कार्यक्रममा दोहोरोपन  हटाउन र मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्ला घरेलु तथा साना उद्योग विभाग अन्तर्गत र ४८ जिल्ला घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत राखी कार्य संचालन गर्ने नीति अख्तियार गरियो ।

लघु घरेलु तथा साना उद्योगहरुको विकास, विस्तार, संचालनका लागि संस्थागत रुपमा प्रर्वधनात्मक सेवा उपलब्ध गराउन प्रदेश सरकारको मिति २०७६/०४/१५ को निर्णयानुसार घरेलु तथा साना उद्योग कार्यालय स्थापना भए संगै लमजुङ जिल्लामा मिति २०७६/०५/११ गते देखि विधिवत रुपमा घरेलु तथा साना उद्योग कार्यालयको नामबाट उद्योग प्रशासन सम्बन्धी कार्य संचालन हुदै आएको छ । साथै आ.व. ०६२/०६३ बाट तत्कालिन विकास समितिलाई प्राप्त वाणिज्य प्रशासनको थप जिम्मेवारीका सेवाहरु समेत यस कार्यालयबाट प्रदान गरिदै आइरहेको छ ।

कार्यालयको कार्यक्षेत्र

  • उद्योग व्यवसायको दर्ता तथा नविकरण ।
  • IEE स्वीकृतीको लागी निर्देशनालयमा पेश गर्ने ।
  • उद्योगको पूजीँ वृद्धि, ठाँउसारी, नामसारी, क्षमता वृद्धी, दर्ता खारेजी सम्बन्धी कार्य ।
  • उद्योग व्यवसायलाई नियमानुसारको छुट सुविधाहरु प्रदान गर्ने ।
  • आफ्नो क्षेत्र भित्र परेका विषयहरु वाहेक अन्य कुराहरु निर्देशनालयमा पठाउने ।
  • तालिम कार्याक्रमहरु संचालन गर्ने ।
  • उद्यमी, व्यवसायलाई कर्जाका लागी सिफारीस गर्ने ।
  • उत्कृष्ट व्यवसायी उद्यमीलाई पुरष्कृत गर्ने ।
  • कार्यालयको विवरण अभिलेख प्रगती प्रतिवेदन तथ्यांक संकलन लगायतका कार्य संचालन गर्ने ।
  • निरिक्षण निर्देशन, अनुगमन मुल्याङकन गर्ने ।
  • कानुनको कार्यान्वयनमा सहयोग गर्ने ।
  • आफ्नो मातहतको सार्वजनीक सम्पत्तीको लगत राख्ने तथा संरक्षण गर्ने ।
  • उपभोक्ता हक हितसंग सम्बन्धित कार्य गर्ने ।
  • आपुर्ती व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • उपभोक्ताको हक हित सँग सम्बन्धीत अन्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वय गर्ने गराउने ।
  • राजश्व संकलन सम्बन्धी कार्य संचालन गर्ने ।

सुचनाहरु